७१८ पालिकाको अन्तिम परिणाम सार्वजनिक : कांग्रेस पहिलो, अन्यको कति ?

काठमाडौं । देशभरका ७५३ पालिकामध्ये राती पौने १० सम्ममा ७१८ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । हाल २ पालिकाको गणना स्थगित रहेको छ भने र बाँकी ३३ पालिकाको गणना जारी छ ।

हालसम्म ६ महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक भएको छ । काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिकाको गणना जारी छ ।

उपमहानगरपलिकामा हालसम्म धरान, धनगढी, इटहरी, हेटौँडा, बुटवाल, नेपालगञ्ज, घोराही, जितपुर सिमरा र कलैया गरी ९ वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ । तुलसीपुर र जनकपुरको गणना जारी छ ।

तनहुँको व्यास नगरपालिका, पाल्पाको रम्भा गाउँपालिकालगाायत विभिन्न नगरपालिकामा पनि गणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले जेठ १० गतेभित्र सबै पालिकामा गणना सकाउन आग्रह गरेको छ । हालसम्मको गतिका आधारमा काठमाडौँ, ललितपुर महानगरपालिकालगायत गणना समयमा नसकिने देखिएको छ ।

काठमाडौँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा ९एमाले०की सुनिता डङ्गोलको अग्रता छ । साहले ४० हजार ५१ र उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ४८४ रहेको छ ।

उपप्रमुखमा डङ्गोलको ३९ हजार ८१६ र उहाँको निकटतम प्रतिस्पर्धी नेकपा ९एकीकृत समाजवादी० का रामेश्वर श्रेष्ठको १३ हजार ८९५ मत रहेको छ ।
ललितपुर महानगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा एमालेकी मञ्जली शाक्यको अग्रता रहेको छ ।

कांग्रेसका उम्मेदवार महर्जनले ३५ हजार ३७४ र उहाँका निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यञ्जनकारले १८ हजार ८८६ मत पाउनुभएको छ ।

उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले १८ हजार ३०९ मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र० का बाबुराजा बज्राचार्यले १३ हजार ४७२ मत पाउनुभएको छ ।

बाजुराको बूढीगङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ मा भएको मतदानमा विवाद भएपछि हाल मतगणना स्थगित भएको छ ।

यी ठाउँमा मतगणना गर्ने या पुनःमतदान गर्ने भन्ने अन्योल छ । दुवै ठाउँमा निर्णय हुन बाँकी रहेको आयोगले जनाएको छ । कूल ३५ हजार २२१ पदमा हालसम्म ३३ हजार ८५८ निर्वाचित भएको आयोगले जनाएको छ । निर्वाचन सकिएको नौ दिन बितिसकेको छ ।

कमेन्ट गर्नुहोस्