इङ्ग्लिस प्रिमियर लिगको उपाधि सिटीलाई

काठमाडौं । म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । अन्तिम दिनको खेलमा २ गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै सिटी च्याम्पियन बनेको हो ।

सिटीले एस्टन भिल्लालाई ३–२ गोलले पराजित गरेको हो । समग्रमा सिटी ३८ खेलमा ९३ अङकसाथ उपाधि जोगाउन सफल भयो भने लिभरपुल ३८ खेलमा ९२ अङ्कसाथ दोस्रो भएको छ ।

कमेन्ट गर्नुहोस्