यस्तो पनिः आफ्नो विजयोत्सव मनाउन निर्वाचित अध्यक्षले दिए सार्वजनिक विदा

सप्तरी । निर्वाचन जितेपछि विजयोत्सव मनाउन विदाकै आदेश दिने नव निर्वाचित गाउँपालिका अध्यक्ष यतिखेर चर्चामा छन् ।

सप्तरीको रूपनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित दिनेशकुमार यादवले आफ्नो विजयोत्सव मनाउन गाउँपालिकाभरि विदा दिन निर्देशन दिएपछि उनको चर्चा चुलिएको हो ।

पद तथा गोपनियताको सपथ पनि नलिएका यादवको निर्देशनअनुसार गाउँपालिकाले आज पालिकाभरि सार्वजनिक विदा दिएको छ।

‘उहाँको आज सपथ छ। त्यसपछि विजयोत्सव हुन्छ रे। त्यसअघि नै विदा दिनु भनेर निर्देशन दिनुभयो। जितेर आएका मान्छेले भनेपछि मान्नै पर्‍यो,’ गाउँपालिकाका एक कर्मचारीले सेतोपाटीसँग भने।

लष्अ
अध्यक्षमा निर्वाचित भएका यादव लोकतान्त्रिक समाजवादी पार्टीका हुन्। यहाँ गाउँपालिका उपाध्यक्ष पनि लोसपाकै पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएकी छन्।

कमेन्ट गर्नुहोस्