प्रेस सेन्टर नेपालले चार जना सञ्चारकर्मीलाई पुरस्कृत गर्ने

काठमाडौं । काठमाडौं, जेठ ९ गते । प्रेस सेन्टर नेपालले चार जना सञ्चारकर्मीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

संगठनले कृष्णसेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार २०७८ र ७९ बाट दुई जनालाई जनही ५० हजार र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार ०७८ र ७९ बाट दुई जनालाई जनही २५ हजार रुपियाँसहित कदरपत्र प्रदान गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको प्रेस सेन्टर, नेपालको सचिवालयको बैठकले सोको लागि नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीको अध्यक्षतामा गोविन्द देवकोटा र गङ्गा बरालको तीन सदस्यीय निर्णायक समिति गठन गरेको छ ।

वि.सं २०५९ जेठ १३ गते माओवादी ‘जनयुद्ध’को दौरानमा मारिएका पत्रकार तथा सांस्कृतिककर्मी कृष्ण सेन ‘इच्छुक’को जेठ १३ गते एक कार्यक्रमकाबीच साे पुरस्कार वितरण गरिनेछ ।

बैठकमा सम्बाेधन गर्नुहुँदै पत्रकार र सांस्कृतिकर्मीकाे त्याग, तपस्या र बलिदानमा बनेकाे सङ्घीयतासहितकाे अधिकार सुनिश्चित गर्नकाे लागि बनेकाे सत्तापक्षीय गठबन्धनको ऐतिहासिक विजय भएकाे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महेश्वर दाहालले बताए।

कमेन्ट गर्नुहोस्