बालेनको अग्रता कायमै, कसको कति मत ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो फराकिलो अग्रता कायमै राखेका छन् । एक लाख ३५ हजार ६९३ मत गन्दा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)ले ४६ हजार ४७६ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् ।

नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २७ हजार ७९९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छिन् । नेकपा एमालेका केशव स्थापित २६ हजार ८६१ मतसहित तेस्रो स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्