झण्डै ४६ हजार मतसहित रेनुको अग्रता कायमै, विजयको कति ?

चितवन । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४५ हजार ८८७ मतले अग्रता कायम गरेकी छन् ।

दाहालले ४४ हजार ३ सय ५ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका छन् । त्यहाँ निवर्तमान मेयर दाहालनै यो फेरि दोहोरिने आँकलन हुन थालिसकेको छ ।

यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसबाट उप मेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४६ हजार ९१३ मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २७ हजार ५५५ मत प्राप्त गरेकी छन् ।

कमेन्ट गर्नुहोस्