बालेनको अग्रता कायमै, सिर्जना दोस्रो हुँदा केशव तेस्रो

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो फराकिलो अग्रता कायमै राखेका छन् । बालेनले ४७ हजार ७५२ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् ।

नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २८ हजार ८१५ मत प्राप्त गर्दै दोस्रो स्थानमा छिन् । नेकपा एमालेका केशव स्थापित २७ हजार ९७७ मतसहित तेस्रो स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्