डडेल्धुरामा मेडिकल कलेज सञ्चालन हुने

काठमाडौं । सरकारले सुदूरपश्चिम विश्वविद्यालयसँगको समन्वय र सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको छ ।

सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त घोषणा गरेकी हुन ।

प्रत्येक कलेजमा दुई मेडिकल कलेज र प्रतिष्ठान स्थापना गर्ने नीति लिइने नीति अनुरुप डडेल्धुरामा मेडिकल कलेज घोषणा गरिएको हो ।

नीति तथा कार्यक्रममा चिकित्सा शिक्षा अध्ययन गराउने संस्थाको क्षमताका आधारमा विद्यार्थी संख्या वृद्धि गरिने समेत उल्लेख गरिएको छ ।

यसैगरी विश्वविद्यालयलाई क्रमशः सेन्टर अफ एक्सलेन्सका आधारमा विकास गर्दै लगिने र विदेशी विद्यार्थीलाई आकर्षित गर्ने गरी उच्चशिक्षामा लगानीका लागि प्रोत्साहन गरिने नीति समेत सरकारले सार्वजनिक गरेको छ ।

कमेन्ट गर्नुहोस्