बर्दघाट नगरपालिकामा सहिद परिवारका लागि मासिक २ हजार भत्ता

नवलपरासी ।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले शहिद परिवारका लागि मासिक २ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । सोमबार नगर प्रमुख सम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उपाध्यायले पदभार ग्रहण गरेपछि मंगलबार मात्र पहिलो निर्याय सार्वजनिक गरिएको हो ।

द्धन्दका समयमा राज्य पक्ष र विद्रोही पक्षका तर्फ मारिएका द्धन्द पिडित परिवारका लागि मासिक रुपमा भत्ता उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख सम्भुलाल श्रेष्ठले बताउनुभएको छ ।

त्यस्तै बर्दघाट नगरपालिका भित्रका हरेक नागरिकको घर घरमा विजुलिबत्तिको सुविधा दिने र तत्काल विद्युत विस्तारका लागि सम्भव नभएका क्षेत्रमा बैकल्पीक उर्जा सोलार उपलब्ध गराईने निर्णय गरिएको छ ।

जनप्रतिनिधिले तेश्रो निर्णय अन्तरगत नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा शुद्ध खानेपानीको ब्यबस्था गर्ने निर्णय समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्