काठमाडौंमा ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’ मनाइयो

काठमाडौं । अन्तरजातीय प्रेमको कारण नवराज विकसहित छ जना मारिएको दिनलाई ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’को रूपमा मनाइएको छ।

मंगलबार काठमाडौंस्थित माइतीघर मण्डलमा जात व्यवस्था उन्मूलन मोर्चाले ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’ मनाएको हो। उनीहरूले सडक नाटक पनि गरेका छन्।

उनीहरूले मलाई विभेद स्वीकार छैन, बिहेअघि जात सोध्नेहरू, रगतको पोका किन्नुअघि पनि सोध्नु कुन जातको हो भनेर, मौन रहनु जातीयवादलाई समर्थन गर्नु हो, अपराधीलाई कारबाही गर, खै न्यायरु भेरीले बगायो१, प्रेम गर्दा मारिनुपर्ने कहिलेसम्मरु लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।

आफ्नी प्रेमिकाको घर रूकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ गएका नवराजसहित उनका ६ जना साथीको गाउँलेको कुटपिटबाट मृत्यु भएको थियो।

दुई वर्षअघि अन्तरजातीय प्रेम गरेको कारण नवराज विकसहित, लोकेन्द्र सुनार, सन्दिप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको थियो। जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ का युवाहरूको चौरजहारी नगरपालिका सोतीमा हत्या भएको थियो।

पीडितहरूले अझै पनि न्याय नपाएको कारण उनीहरूको न्यायको लागि पनि यो दिवस विशेष रहेको मोर्चाले जनाएको छ।

कमेन्ट गर्नुहोस्