नीति तथा कार्यक्रम १९ को २० मात्रै भयो : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्व अर्थमन्त्री डा।बाबुराम भट्टराईले संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सुधारात्मक परम्परागत भएको टिप्पणी गरेका छन् ।

 

मंगलबार संघीय संसदमा राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै डा।भट्टराईले सरकारले नीति तथा कार्यक्रम उन्नाईसको बिस भएको टिप्पणी गरे ।

उनले भने– ‘कृषिको प्राथमिकीकरण गर्ने विषयहरु छन् । संघ प्रदेश र स्थानीय तहका अधिकारहरू जुन संविधानमा उल्लेख भएका छन् । त्यसअनुसार कानुन बनेका छैनन्, त्यस अनुसार कानुन बनाउने कुरा छ । त्यस्तै केही कुराहरु उन्नाईसको बीस हुने खालका छन् ।’

सरकारले आगामी जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्