अमेरिकाको टेक्सासमा भयानक हत्याकाण्ड: १८ वर्षीय युवकले अन्धाधुन्ध गोली चलाउँदा १८ छात्र र ३ शिक्षकको मृत्यु

अमेरिकाको टेक्सास राज्यमा गएराती एकजना किशोरले अन्धाधुन्ध गोली चलाउँदा २१ जनाको मृत्यु भएको छ ।

रोब एलिमेन्टे्री स्कूलमा एकजना १८ वर्षीय युवकले गोली चलाएका थिए । घटनामा १८ जना विद्यार्थी तथा ३ जना शिक्षकको मृत्यु भएको छ । यसैगरी १३ जना बच्चा र स्कूलका स्टाफसहित केही प्रहरीसमेत घाइते भएका छन् ।

प्रहरीले हमलाकारीलाई मारेको दावी गरेको छ । तर उसको पहिचानबारे भने अहिलेसम्म स्पष्ट भएको छैन ।

टेक्सासमा भएको यो घटनाको सम्बन्ध सन् २०१२ मा कनेक्टिकटमा भएको घटनासँग मिल्दोजुल्दो रहेको छ । उक्त घटनामा पनि एउटा प्राथमिक विद्यालयमा १२ डिसेम्बरका दिन २० वर्षीय युवकले गोली चलाउँदा २० जना बालबालिकासहित २६ जनाको मृत्यु भएको थियो ।

घटनापछि अमेरिकामा राष्ट्यि शोकको घोषणा गरिएको छ ।

अधिकारीहरुका अनुसार, सन्दिग्ध व्यक्तिले गोली चलाउनु अघि आफ्नै हजुरआमालाई गोली हानेका थिए । उनी अहिले अस्पतालमा भर्ना भएकी छिन् । ्

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले प्रहरीसँग घटनाबारे विस्तृत विवरण मागेका छन् ।

टेक्सासका गभर्नर एबोट जबले हत्याराको पहिचान सल्भाडोर रामोसका रुपमा भएको बताएका छन् । सामाजिक सञ्जालमा एउटा युवकको तस्वीर भाइरल भएको छ । यसैगरी पेजमा राइफलको तस्वीर पनि सार्वजनिक गरिएको छ । तर यो तस्वीरको आधिकारिक पुष्टि भने भएको छैन ।

केही व्यक्तिहरुले हत्याराले शुरुमा हतियार किनेर त्यसको तस्वीर इन्स्टाग्राममा पोष्ट गरेको बताएका छन् ।

त्यसपछि करिब ११ मिनेटमा स्कूल पुगेर उसले गोली चलाउन सुरु गरेको थियो । उसको हातमा जस्तो हतियार देखिएको थियो ।

अहिले प्रहरीले स्कूलको घेरा हालेर अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्