भारतले खाने तेल सस्तो हुने, सरकारले हटायो आयात कर

नयाँ दिल्ली । भारतमा खाने तेलको मूल्य आकासिएपछि केन्द्र सरकारले आयात कर हटाउने निर्णय गरेको छ ।

केन्द्र सरकारले ३० लाख मेट्रिक टन सोयाबीन र सूर्यमुखी तेलको आयातमा २ वर्षका लागि भन्सार र कृषि पूर्वाधार तथा विकास कर हटाउने निर्णय गरेको हो । अहिले यो कर ५ प्रतिशत रहेको छ ।

यो निर्णयबाट खाने तेल सस्तो हुने आशा गरिएको छ । तेलको आयातमा दिइएको छूट ३१ मार्च २०२४ सम्म लागु हुनेछ । भारतमा पछिल्लो तीन महिनादेखि तेलको खुद्रा मूल्यमा १५ प्रतिशत भन्दा बढी वृद्धि भएको छ ।

केन्द्रीय अप्रत्यक्ष कर एवं सीमा शुल्क बोर्डले यसको जानकारी दिँदै यसबाट उपभोक्तालाई ठूलो राहत पुग्ने बताएको छ ।

सरकारले तेलको बढ्दो मूल्यबीच गत हप्तामात्रै पेट्रोल र डीलमा उत्पादन शुल्क घटाएको छ । साथै इस्पात र प्लाष्टिक उद्योगमा प्रयोग हुने कच्चा मालमा आयात शुल्क हटाउने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्