यूरोपमा समलिङ्गीहरुको रेभ सेक्स पार्टीबाट मंकिपक्स फैलिएको दावी

काठमाडौं । यूरोपमा समलिङ्गीहरुबीच असुरक्षित यौन सम्पर्कबाट मंकिपक्स संक्रमण फैलिएको दावी गरिएको छ ।

हालैमात्र स्पेन र बेल्जियममा भएका दुई वटा रेभ पार्टीमा सहभागीमा यो संक्रमण देखिएको थियो ।

लागुपदार्थ र मदिराको सेवनसँगै संगीत, नृत्य र सेक्स समेत रहने रेभ पार्टीैमा जोखिमजन्य व्यवहार नै यूरोपमा संक्रमण फैलाउने मुख्य कारण भएको डा। डेभिड हेमनले बताएका छन् । उनी विगतमा विश्व स्वास्थ्य संगठनको आपतकालिन विभागका प्रमुख थिए ।


मिडियालाई दिएको एक अन्तर्वार्तामा उनले संक्रमित मानिसहरुसँग करिबी सम्पर्कबाट मंकिपक्स हुने र यौन सम्बन्धलाई यसलाई तीब्रता दिएको दावी गरेका हुन ।

मंकिपक्स संक्रमण पहिलोपटक१९५८ मा खोजिएको थियो । त्यो बेला अनुसन्धानका लागि राखिएको दुईवटा बाँदरमा दादुरा जस्ता बिरामीका लक्षण देखिएका थिए । मानिसमा भने यसको पहिलो घटना सन् १९७० मा कंगोमा ९ वर्षका बालकमा देखिएको थियो ।

लामो समयदेखि संक्रमणका अन्य घटना नदेखिएपनि अहिले भने अफ्रिकाबाट फर्केकाहरुमा संक्रमण देखिएको छ । हालसम्म संक्रमणका १३० भन्दा बढी घटना देखिएका छन् ।

कमेन्ट गर्नुहोस्