ओमान र टिमोरसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

काठमाडौं । नेपालले एएफसी एसियन कप छनोट अघि कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले कतारको दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो । कतार फुटबल एसोसियनले बुधबार दुई मैत्रीपूर्ण खेल्ने तालिका सार्वजनिक गरेको छ ।

 

कतार एफएको अनुसार नेपालले जेठ १४ गते टिमोर लिस्टे र जेठ २० गते ओमानसँग खेल्ने जनाएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० का महासचिव इन्द्रमान तुलाधरले भने मैत्रीपूर्ण पक्का भइनसकेको बताए ।

‘हामीले मैत्रीपूर्णको तयारी गरिरहेका छौँ । तर, दुबै टिमसँग खेल्ने पक्का भईसकेको छैन,’ उनले भने ।

कमेन्ट गर्नुहोस्