पदभार ग्रहण लगत्तै सहिद परिवारकाेमा धर्म सिंह

काठमाडौं । कञ्‍चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष धर्म सिंह पदभार ग्रहण लगत्तै सहिद परिवारलाई भेट्न पुगेका छन्।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष सिंहले जनयुद्धका क्रममा ज्यान गुमाएका सहिदका परिवारलाई भेटेर आफू अभिभावक भएको आश्वस्त पारेका हुन्।

उनले सहिद परिवारलाई अबदेखि सम्पूर्ण वडाबासीको अभिभावक र परिवारको सदस्य थपिएको उल्लेख गर्दै सम्पूर्ण सुखदुःखमा साथमा रहने बताएका हुन्। उनले वडामा रहेका सहिदहरु सुकराम चौधरी, हरिलाल चौधरी र किसन चौधरीका परिवारका सदस्यहरुलाई भेट गरेका हुन्।

नेपाल समय
उनले सुकरामकी आमा गुलिया देवी डगौरा, हरिलालका भाइ गोपीलाल चौधरी र किसनका भाउजू तुलसी चौधरीसँग भेट गर्दै उनीहरुको पारिवारिक अवस्थाबारे जानकारी लिएका हुन्।

कमेन्ट गर्नुहोस्