राखेपमा गणेश थापाले बुझाए ज्ञापनपत्र

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई बिहीबार राखेप पुगेर ज्ञापनपत्र बुझाएका छन् ।

थापालाई आर्थिक भष्ट्राचार गरको आरोपमा २०७२ साल कार्तिकमा विश्व फुटबल महासंघ (फिफा) को १० बर्षे प्रतिबन्ध सहित २० हजार स्वीस फ्रयांक (करिव २१ लाख रुपियाँ) जरिवानाको कारबाहीमा गरेको थियो । कारबाहीमा परेका थापाले ज्ञापनपत्रमा एन्फाका बर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले निर्दोष आफुमाथि चरित्र हत्या गरेको भन्दै सत्यतथ्य छानविनको माग गरेका छन् ।

उनले शेर्पाले पत्रमा आफुमाथि झुटा र काल्पिनक आरोप लगाएको दावी समेत गरेका छन् । यद्यपी थापाले एन्फाको आसन्न निर्वाचनलाई प्रभावित बनाउन चलखेल गर्न थालेपछि हालै पनि फिफाले पत्रमार्फत थापालाई फुटबल गतिविधिबाट टाढै रहन सचेत गराएको छ ।

कमेन्ट गर्नुहोस्