६१ हजार ७६७ मतसहित काठमाडौं महानगरकाे मेयरमा बालेन साह निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन्स्वतन्त्र उम्मेदवार साहले ६१ हजार ७६७ मत ल्याएर काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् ।साहका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भइन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।

कमेन्ट गर्नुहोस्