कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कारबाट आचार्य र दाहाल सम्मानित, शक्ति-तारा पुरस्कारबाट थापा र पुन

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा जनपक्षीय पत्रकार गाेविन्द आचार्य तथा नेपाल प्रेस सेन्टरका पूर्व अध्यक्ष महेश्वर दाहाल कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाल प्रेस सेन्टरले आयाेजना गरेकाे एक समाराेहबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुबैजनालाई पुरस्कृत गरेका हुन ।

जनपक्षीय पत्रकारिताका क्षेत्रमा कार्यरत सञ्चारकर्मीमध्ये एक जनालाई रु पचासहजार धनराशीसहितकाे कृष्णसेन स्मृति पुरस्कार यसपटक वर्ष २०७८ र २०७९ का लागि एकैपटक प्रदान गरिएकाे हाे ।

यसैगरि आजकाे समाराेहमा शक्ति लम्साल तथा तारा न्याैपानेकाे सम्मानममा स्थापित शक्ति-तारा पत्रकारिता पुरस्कारबाट समेत दुइजना पत्रकार पुरस्कृत गरिएका छन् ।

अध्यक्ष प्रचण्डले उक्त पुरस्कारबाट वर्ष २०७८ का लागि बलराम थापा र वर्ष २०७९ का लागि लक्ष्मी पुनलाई खादा, प्रमाणपत्रसहित सम्मान गरे । उक्त पुरस्कारकाे राशि २५ हजार रहेकाे छ ।

कमेन्ट गर्नुहोस्