नेप्से दोहोरो अंकले घट्यो , कारोबार कति ?

काठमाडौं । शुक्रबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से सूचक १५.८२ अंकले घट्दै २२ सय २३.७८ अंकमा झरेको हो ।
यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ३.४० अंकले घट्दै ४३३.०७ अंकमा झर्यो ।

आज दिन होटल तथा पर्यटन बाहेक अन्य १२ वटा उपसमूह घटेका छन्। सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक १.३७ प्रतिशतले घटेको छ भने हाइड्रोपावरको उपसूचक १.१५ प्रतिशतले घट्यो । अन्य समूहको उपसूचक १.७९ प्रतिशतले घटे । तर होटल तथा पर्यटन समूहको उपसूचक भने ०.०८ प्रतिशतले बढेको छ ।

१५ अंकले घटेको बजारमा आज २२३ कम्पनीका ४१ लाख ४० हजार कित्ता सेयर २१ हजार भन्दा बढी पटक किनबेच हुँदा १ अर्ब २९ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्