मेयर दाहाल सवार गाडी पोलमा ठोक्किँदा मेयर दाहाल सामान्य घाइते

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । उनी सवार गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको थियो ।

 

प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो । गाडी पोलमा ठोक्किँदा उनको दाहालको टाउकोमा चोट लागेको प्रहरी स्रोतका भनाइ छ । टाउकोमा चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको थियो भने टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ । उनको अवस्थामा भने खतरामुक्त रहेको प्रहरी स्रोतका भनाइ छ ।

रेनु दाहालको टाउकोको सिटी स्क्यान गरेर हेर्दा भित्री चोटपटक नलागेको र बाहिरी छाला मात्रै च्यातिएको चिकित्सकलाई उद्धृत गर्दै उनकी बहिनी तथा अध्यक्ष प्रचण्डको स्वकिय सचिव गंगा दाहालले जनाएकी छिन् ।

भरतपुर महानगरपालिकाको मेयर ११ गते काठमाडौं आएकी थिइन् ।

कमेन्ट गर्नुहोस्