किसान सशक्त नभएसम्म आमूल परिवर्तन सम्भव छैन : राम कार्की

काठमाडौं । प्रतिनिधिसभा सदस्य सुरेन्द्र कार्कीले देशका किसान आर्थिक रुपमा सशक्त नभए आमूल परिवर्तन हुन नसक्ने बताएका छन्।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा उनले किसानलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन्।

“विगतमा नेकपा सरकारले किसानको पक्षमा कार्यक्रम ल्याएको भए हाम्रो नैतिक बल बलियो हुन्थ्यो”, उनले भने। कम्युनिष्ट सरकारले किसानको कार्यक्रमलाई प्राथमिकता दिन नसकेको उनको भनाई थियो।

“किसान त्यतिबेला थलापर्छ जतिबेला उसको नानीलाई विद्यालय भर्ना गर्नुपर्छ, जतिबेला बिरामी भएर अस्पताल भर्ना गर्नुपर्छ र सात, आठ लाखको बिल तिनुपर्छ”, उनले भने।

यसलाई मध्यनजर गर्दै नीति तथा कार्यक्रम अघि बढ्नुपर्ने कार्किको सुझाव छ। देशको शिक्षा पनि आवश्यकता अनुरुप नभएको बताउदै अझै पनि पितृसत्तात्मक सोच, सामन्तवाद र जात व्यवस्थाको चिन्तनलाई घुमाइफिराई पाठ्यपुस्तकमा राखिएको उनको भनाई थियो।

समग्रमा देशको अर्थतन्त्र राजनीतिक प्रणालीबाट अघि बढ्नुपर्नेमा कार्किको जोड छ ।

कमेन्ट गर्नुहोस्