राष्ट्रिय एकताका लागि खेलकुदको भूमिका महत्वपूर्ण छः प्रचण्ड

काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता कायम गर्न खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित आठौं अन्तर्राष्ट्रिय सगरमाथा प्रतियोगिताको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

नेपालमा खेल क्षेत्रको विकासको लागि अनुकुल वातारण रहेको बताउदै उनले आउने दिनमा खेल क्षेत्रले अझ फड्को मार्दै जाने बताए ।

नेपालले क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नौ प्रदर्शन बढाउदै लगेको बताउदै नेपालको खेल क्षेत्रले राम्रो गर्दै गएको अध्यक्ष प्रचण्डको भनाई थियो। उनले खेलमार्फत् खेलाडीले नेपाल र नेपालीको संयन्त्रलाई विस्तार गर्न सक्षम हुने विश्वास समेत व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्