पत्नी हत्यामा संलग्न रन्जन कोइराला पक्राउ

काठमाडौं । पत्नी हत्यामा संलग्न रन्जन कोइराला पक्राउ परेका छन् । उनी काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बलका पूर्वडिआईजी कोइरालालाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। बिहिबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडाल सम्मिलित संयुक्त इजलासले उनलाई जन्मकैदको फैसला गरेको थियो ।

यसअघिका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गरेको फैसला पुनरावलोकन भएसँगै उनी पक्राउ परेका हुन् ।

कमेन्ट गर्नुहोस्