सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

दाङ । दाङमा गोली लागेर एक जनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको बँगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमाना पर्ने जङ्गलमा सिकार खेल्न गएका २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागेर शुक्रवार मृत्यु भएको हो ।

गोली लागेर लमही नगरपालिका वडा नम्बर १ बौराह निवासी घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको हो । मृतकको शवलाई लमही अस्पतालमा राखिएको छ। उनको घाँटीमा गोली लागेको हो।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा राखेको छ । वर्ष २८ का निम बहादुर घर्ती मगर, ४० का जिवलाल घर्ती मगर, २४ का दिल बहादुर घर्ती मगर, १७ का आकाश घर्ती मगर, १३ का विशाल घर्ती मगर, ५५ का ओम बहादुर घर्ती मगर, ३८ का खगेन्द्र घर्ती मगर र बर्ष ४० का बुद्धिमान घर्ती मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरू सबै लमही नगरपालिका वडा नम्बर १ बौराह निवासी हुन । उनीहरूलाई अहिले वडा प्रहरी कार्यालय लमहीको हिरासतमा राखिएको छ । घटना सम्बन्धी अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्