अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तोपेखोलामा गुडिरहेको माइक्रोबस र जीपमाथि पहिरो खसेको छ ।

मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ग१ख ९९०९ नम्बरको यात्रुवाहक माइक्रोबस र प्रदेश३–०१–०२३च ०५३५ नम्बरको कारमाथि आज बेलुका करिब साढे ५ बजेतिर पहिरो खसेको हो । पहिरोसँगै खसेको ढुंगाले लागेर एकजना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार माइक्रोका चालक नवलपुरको कावासोती नगरपालिका–७ बस्ने ३६ वर्षीय टीकाराम महतोको हातमा सामान्य चोट लागेको हो । मानवीय क्षति नभए पनि गाडीमा भने क्षति पुगेको छ ।

अहिले साँझ ६ः३० बजेबाट एकतर्फी मात्र यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । दुईतर्फी सडक खुलाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्