आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारले पेश गरेकोआर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ।

शनिबार बसेको प्रतिनिधि सभा बैठकले कार्यक्रम पारित गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन्।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सासंदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। नीति तथा कार्यक्रममाथि केही सासंदहरूले संशोधन गर्ने प्रस्ताव राखेका थिए। सासंदहरूले ती प्रस्ताव फिर्ता लिएनन्।

तर ती प्रस्तावहरू अस्विकृत भएका थिए।

यस्तै, जेठ १५ गते संसदको दुबै सदनमा अपरान्ह ४ बजे बजेट पेश हुँदैछ। उक्त बैठकका लागि सांसदहरू ३ः४५ बजे नै उपस्थित हुन सभामुखले अनुरोध गरेका छन्।

प्रतिनिधि सभाको अर्को बैठक आइतबार साँझ ६ बजेसम्मका लागि स्थगित भएको छ।

कमेन्ट गर्नुहोस्