अब नागरिकतासँगै स्थायी लेखा नम्बर अनिवार्य

काठमाडौं । करको दायरा विस्तार गर्न भन्दै सरकारले व्यक्तिगत स्थायी लेखा नम्बरलाई अनिवार्य बनाएको छ । अब नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्रदान गर्दाकै बखत व्यक्तिगत स्थायी लेखा नम्बर ९पान० प्रदान गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइने व्यवस्था आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख छ ।

नाबालिकहरुको हकमा जन्मदर्ताका आधारमा पनि पान लिन पाउनेछन् । त्यस्तै, विदेशी कामदार र सवारी साधन किन्नेहरुका लागि पनि पान अनिवार्य गरिएको छ ।

संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरुले स्थायी लेखा नम्बर लिई विद्युतीय माध्यमबाट अग्रिम कर कट्टी गर्नुपर्ने व्यवस्था कार्यान्वनयमा ल्याइएको छ

कमेन्ट गर्नुहोस्