हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।

मुस्ताङका डिएसपी रामकुमार धानीका अनुसार यार्सागुम्बा टिप्न गएका स्थानीयहरूले विमानको तस्बिर पठाएपछि अहिले त्यहाँ नेपाली सेनाको हेलिकप्टर पुगेको छ ।

कमेन्ट गर्नुहोस्