प्रहरीलाई रात्रिकालीन सुरक्षा बेल्ट हस्तान्तरण

काठमाडौं । गरिमा विकास बैंकले गणतन्त्र दिवसको अवसर पारेर स्याङ्जामा रात्रिकालीन अवस्थामा खटिने ट्राफिक प्रहरीका लागि आवश्यक रात्रीकालिन सुरक्षा बेल्ट हस्तान्तरण गरेको छ । बैंकले जिल्ला प्रहरी कार्यालय, स्याङजालाई सो बेल्ट हस्तान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले २७२ थान रात्रिकालीन सुरक्षा बेल्ट हस्तान्तरण गरेका हुन् । हाल, गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटिएमबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

कमेन्ट गर्नुहोस्