पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट चुनाव जितेका केसी फेरी फर्किए माओवादी केन्द्रमैं

कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका मोहन बहादुर केसी (महेश)लाई माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले सम्मान गरेको छ । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेकपा माओवादी केन्द्र बाट स्थानीय तहमा विजयी भएका जनप्रतिनिधि लाई सम्मान गरेको हो ।
नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज काली बहादुर मल्ल ,सह-इन्चार्ज महेन्द्र बहादुर शाही,पार्टी अध्यक्ष विमला केसी,पार्टी सचिव धनजित शाही (आदर्श )ले शान्नित्रिवेणि गाउँपालिका अध्यक्ष केसीलाई सम्मान गरेको नेकपा माओवादी केन्द्र कालिकोटका संयोजक लक्ष्मी प्रसाद चौलागाईंले(शैलेन्द्र)ले बताए ।
अध्यक्ष केसी स्वतन्त्रबाट चुनाव जितेपछि नेकपा माओवादी केन्द्रमा नै फर्किएको संयोजक चौलागाईंले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रले केसीलाई उम्मेदवारी नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएर नेकपा माओवादी केन्द्रका उम्मेदवार डम्बर बहादुर शाहीलाई पराजित गरेका थिए ।

कमेन्ट गर्नुहोस्