माओवादी केन्द्रद्धारा आफ्ना नवनिर्वाचित २७५ जनप्रतिनिधीलाई प्रशिक्षण

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २७५ जनालाई सत्ता सञ्चालनका विषयमा दिन लागेको प्रशिक्षण कार्यक्रम आज देखि काठमाडौंमा सुरु भएको छ ।

माओवादी केन्द्रले यसअघि गरेको निर्णयबमोजिम बुधबारदेखि सुरु भएको प्रशिक्षणमा पार्टीले स्थानीय तहका १२१ प्रमुख र १२८ उपप्रमुखसहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको हो ।

दुईदने प्रशिक्षणको पहिलो दिन अध्यक्ष प्रचण्डले उद्घाटन गरेका छन् ।

सरकार सञ्चालनको कार्यविधि, जनता र पार्टीसँग सरकारको सम्बन्ध, पार्टीको नीति लागु गर्ने, सुशासन कायम गर्ने जस्ता विषयमा माओवादीले प्रशिक्षण दिने छ ।

कमेन्ट गर्नुहोस्