जनप्रतिनिधिले जनताको पक्षमा काम गर्नैपर्छ, पार्टी केन्द्रले निरन्तर फ्लोअप गर्छ : प्रचण्ड

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीबाट निर्वाचित प्रतिनिधिहरुलाई जनपक्षिय काममा दत्तचित्त भएर लाग्न आग्रह गरेका छन् । उनले काठमाडौंमा आयाजित प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रलाई सम्बोधन गर्दै पार्टीले जनप्रतिनिधिलाई कार्यसूचि बनाएर काममा लगाउने र जनताको पक्षमा काम गरेको नगरेको निरन्तर फ्लोअप गर्ने बताए ।

मओवादीले के गर्छ भनेर जनताले हेरिहेको बताउदै प्रचण्डले माओवादीबाट निर्वाचित जनप्रतिनिधि अन्य दलका प्रतिनिधि भन्दा फरक हुन नसकेको र अब त्यसो हुन दिन नहुने बताए । उनले भने, “अहिले माओवादीसँग जनसेना पनि छैन, जनमिलिसिया पनि छैन, त्यसैले माओवादी भनेर जनताले चिन्ने भनेको माओवादीबाट निर्वाचित स्थानीय निकायका जनप्रतिनिधि हुन् । त्यसैले उनीहरुको आचार व्यावाहार र काम गर्ने शैली हेरेर जनताले माओवादी प्रति धारणा बनाउछन् । जनताले हेरिराखेका हुन्छन् । जनताले हामीलाई साचिकै जनताका जनप्रतिनिधि हाै, भनेर प्रमाणित गर्ने अवसर र चुनौती दिएका छन् । त्यसैले जनपक्षिय काम जनताको दिननु दिनका समस्याको सारथी माओवादी बन्नु पर्छ ।”

उनले माओवादीले बहुदलिय प्रतिस्प्रधालाई स्वीकाय गरेपनि संसदवादलाई स्वीकार नगरेको बताउदै अहिलेको प्रक्रिया चुनाव र जनप्रतिनिधिको भूमिकालाई पनि नयाँ लडाईको रुपमा लिनुपर्ने र त्यहि अनरुप कार्यसम्पादन गर्नुपर्ने विचार व्यक्त गरे ।

माओवादीले राम्रो गरेका ठाउँमा चुनाव जितेको भएपनि कहिकहि पहिले जितेका ठाउँमा आफ्नै कारण पराजित हुनुपरेको प्रचण्डको भनाई थियो ।

 

उनले नेता कार्यकर्ताको गतिविधि र कार्यशैलीमा माओवादी पहिचाहन हराउन खोजेको भन्दै त्यसो हुन दिन नहुने तर्फ जनप्रतिनिधिहरुलाई सचेत गराए । “माओवादी आन्दोलनले ठुलो परिर्वतनलाई स्थापित गरेको हो ।” प्रचण्डले भने, “त्यसो भएको भएपनि अहिले हाम्रो काम गर्ने तरिका पहिले जस्तो छेन् । ”

माओवादीलाई जनताले कारबाही र माया सँगसगै गर्दै सच्चिन आग्रह गरेको र समय समेत दिएको प्रचण्डको भनाई थियो । निर्णायक तेस्रो दल बनाएर देशको साँचो माओवादी कै हातमा दिएको उनको बताए ।

उनले केहि विज्ञले प्रशिक्षण गर्ने मात्रै कार्यक्रम नभएर नभएको बताए । उपदेश दिने कार्यक्रम नभएको बताउदै उनले अब गफ र उपदेश भन्दापनि कामकाजि कुराहरु चाहिएको बताए । नेमोकिपाले भक्तपुरमा गरेको कार्यबाट माओवादीका जनप्रतिनिधिले सिक्नुपर्ने बताए ।

प्रचण्डले जनप्रतिनिधिहरुलाई भष्टाचार गर्ने मानसिकता भए त्यो त्याग गर्न आग्रह गरे । उनले माओवादी मर्दामदै बाचेर आएकाहरुको पार्टी भएकोले जनताको नेतृत्व गर्ने अवसर छोडेर सानो सानो लोभमा लाग्न नहुने बताए ।

देशि विदेशि शक्तिले मओवादीले ३० सिट मात्रै ल्याउने भनेर भनेको भएपनि माओवादीलाई हेप्ने गरेको भएपनि जनताले माओवादीलाई विश्वास र माया गरेको प्रचण्डको भनाई थियो ।

उनले दोस्रो पार्टी बन्न सक्ने जनआधार भएको भएपनि केहि कमजोरी भएको बताए । कांग्रेसले ओलीको जस्तै दम्भ देखाउने खतरा रहेपनि र स्थानीय निर्वाचनमा गठबन्धन सोचेजस्तो नभएपनि गठबन्धनको सान्र्दभिकता अझै पनि बाँकि रहेकोले प्रदेश र संघको निर्वाचनमा गठबन्धनलाई व्यवस्थित गरेर लैजानुपर्ने बताए ।

माओवादीले राष्ट्रको आवश्यकता र जनताको मनोभावनालाई केन्द्रमा राखेर एउटै कम्युनिष्ट बनाउने पवित्र उदेश्यले गठबन्धन पार्टी एकता गरिएको भएपनि ओलीको दम्भ र अहँकारले सफल हुन नसकिएको बताउदै आलीको दम्भ अहंकार अहिलेपनि उस्तै रहेको प्रचण्डको भनाई थियो ।

 

कमेन्ट गर्नुहोस्