नेपालगन्जको वीरेन्द्रचोक तनावग्रस्त

नेपालगन्ज। नेपालगन्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ। तत्कालीन राजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा तनावग्रस्त भएको हो।

बिहिबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादी व्यक्तिबीच झडप भएको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाईफायर समेत गरेको थियो।

बाँकेका डिएसपी मधुसूदन न्यौपानेका अनुसार झडपमा एक दर्जनभन्दा बढी प्रहरी सामान्य घाइते भएका छन्। अहिले थप सुरक्षाका लागि सशस्त्र प्रहरी पनि परिचालित भएका छन्।

कमेन्ट गर्नुहोस्