यस्तो पनिः बेहुला बिना नै आफैंसँग बिहे गर्दै यी युवती, हनिमुन पनि जाने

काठमाडौं । विवाह भन्नेबित्तिकै पुरुष र महिलाको मिलनको रुपमा बुझिन्छ । बिहेका लागि केटा र केटी हुनु जरुरी छ ।

तर संसारमा केही अस्वभाविक र अनौठा घटनाहरु पनि देखिने गर्दछन् ।

विवाह मन पराउने तर केटासँग विवाह गर्न मन नभएकी एकजना युवतीले आफैसँग बिहे गर्ने घोषणा गरेकी छिन्। अहिले यो खबर निकै चर्चित बनेको छ।

भारतको गुजरात प्रान्तकी क्षमा बिन्दूले आगामी जून ११ मा बिहे गर्न थालेकी हुन ।

भास्कर दैनिकका अनुसार, बडोदरा निवासी २४ वर्षीय क्षमा बिन्दुले आफैसँग बिहे गर्ने भएकी हुन । उनको यो बिहामा रितिरिवाज, अग्नी परिक्रमादेखि सबै पारम्परिक अनुष्ठान हुनेछ तर त्यहाँ बेहुला भने हुने छैनन् । यसलाई पहिलो आत्मविवाह या एकल विवाह भनिएको छ ।

क्षमाका अनुसार, उनले भारतमा सेल्फ लभ को उदाहरण प्रस्तुत गर्ने पहिलो महिला बन्न खोजेकी छिन् ।

आफूले कहिल्यै विवाह गर्न नचाहेकोले आफैसँग विवाह गर्ने निर्णय गरेको उनले बताइन ।

एउटा नीजि कम्पनीमा काम गर्ने क्षमाले आफूले आफूलाई माया गर्ने भएकोले आफैसँग विवाह गर्न खोजेको बताइन । यसप्रकारको विवाहलाई समाजले अस्वभाविक बताएपनि महिलाले आफूले माया गर्ने मान्छेसँग मात्रै विवाह गर्न पाउनुपर्छ भन्ने मान्यता यो विवाहले उजागर गर्ने बताइन । महिलाको इच्छा विपरित हजारौं लाखौंको विहे अपरिचित पुरुषसँग हुने गरेको बताउँदै उनले आफुले आफूलाई माया गर्ने भएकोले यो निर्णय गरिएको बताइन ।

क्षमाका बुवाआमा पनि छोरीको निर्णयबाट खुसी छन् । उनले आशीर्वाद पनि दिएका छन् । विवाहपछि हनिमूनका लागि गोवा जाने उनले बताइन । उनी त्यहाँ दुई हप्ता बस्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्