मुगुमा आगलागी दुई घर जले

मुगु । मुगुको खत्याड गाउँपालिका– ४ पैखुगाउँमा आगलागीबाट जलेर दुई घर नष्ट भएका छन्। मंगलबार बिहान करिब ११ बजेतिर एक्कासि लागेको आगोबाट स्थानीय चुत्तबहादुर थापा र शारदा थापाको घर पूर्ण रूपले नष्ट भएको छ।

आगलागीको कारण र क्षतिको पूर्ण विवरण आइसकेको छैन । आगलागी भएको जानकारी पाउनासाथ प्रहरी चौकी माझचौरबाट सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको छ ।

सुरक्षाकर्मी र स्थानीय मिलेर आगो निभाएका छन्। अहिले आगलागी करिब नियन्त्रणमा आइसकेको छ। आगलागीबाट कुनै मानवीय क्षति भने नभएको स्थानीयको भनाई छ ।

कमेन्ट गर्नुहोस्