किर्ते काण्डमा सहयोग नगरेपछि एमाले अखिलका नेताबाट कुटिए प्राध्यापक

प्राध्यापक,कर्मचारी र अन्य विद्यार्थी संगठनहरुद्धारा कारबाही गर्न माग

काठमाडौंं । अमृत साइन्स क्याम्पस (अस्कल)  मा (BSC CSIT) भर्ना प्रक्रियामा अनेरास्ववियुका नेताले गरेको किर्ते अनुसार विद्यार्थी भर्नामा सहयोग नगरेपछि विद्याथी कल्याण प्रमुख प्राध्यापक प्रमुख दिवाकर पाण्डे कुटिएका छन् ।

एमाले निकट अनेरास्ववियूले गुण्डागर्दी गरेकाेमा भत्र्सनासहित विद्यार्थी भर्नामा किर्ते गर्ने र प्राध्यापक कुट्ने विद्यार्थी नेताहरुलाई कारबाही गर्नुपर्ने माग गर्दै अस्कलमा रहेका विद्यार्थी संगठनहरु अखिल(क्रान्तिकारी), नेविसंघ, राप्रविसं र विप्लव निकट अखिल(क्रान्तिकारी) र प्राध्यापक संगठन कर्मचारी संगठनहरुले विज्ञप्ति निकालेका छन् ।

विद्यार्थी संगठनहरुले अनेरास्ववियू नामको संगठनले (BSC CSIT) को भर्ना प्रक्रियामा क्याम्पसको छाप र लेटरहेड दुरुपयोग गरी किर्ते गर्नेहरुको मुद्दाको बार्गेनिङमा तालाबन्दी गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन्। महिनौदेखि क्याम्पसका नियमित गतिविधि रोक्ने हेतुले नाजायज माग सहित तालाबन्दी गरेको र प्राध्यापक कुटपिटप्रति उनीहरुले असन्तुष्टि जनाएका हुन् ।अनेरास्ववियुका नेता कमलराज जोशीले (BSC CSIT) मा भर्ना हुने मेरिट लिस्टमा नपरेका विद्यार्थीको क्याम्पसको लेटर प्याड र छापको किर्ते गरि भर्ना गर्न दबाब दिएको उनीहरुको आरोप छ ।

लामो समयको तालाबन्दीले क्याम्पसको नियमित गतिविधिमा अवरोध पुगेको, विद्यार्थीहरुको पठनपाठन र प्रसासकिय काम कार्यमा बाधा पुगेको जनाएका छन् । तेस्ता गतिविधिले क्याम्पसको गरिमामा आँच आउने भएकोले किर्ते गर्नेहरुलाई तत्काल कानूनी दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष माग गरेका छन् । किर्ते गतिविधिका आरोपी कमलराज जोशीको मुद्दा फिर्ता लिन पठाउँ भन्दै क्याम्पसका खेलकुद तथा विद्यार्थी कल्याणकारी प्रमुख प्राध्यापक दिवाकर पाण्डेलाई निर्घात कुटपिट गर्ने पंकज पाण्डेलाई कानुनी कारबाहीको माग गरेका छन् ।

पंकज पाण्डे एमाले अनेरास्ववियु अस्कल कमिटीका सहसचिव हुन् । कमलराज जोशी यस अघि २०७५मा (BSC CSIT) को प्रश्नपत्र किनबेच काण्डमा समेत मुछिएका थिए ।

संयुक्त विद्यार्थी संगठनको विज्ञप्ति

संयुक्त प्राध्यापक संगठनको विज्ञप्ति

नेपाल राष्ट्रिय प्राध्यापक संगठनको विज्ञप्ति

अखिल(क्रन्तिकारी)को विज्ञप्ति

 

कमेन्ट गर्नुहोस्