नगरप्रमुखको कार्यकक्षमा प्रधानमन्त्री देउवाभन्दा माथि ओलीको तस्बिर

तनहुँ। तनहुँको एक पालिकाको प्रमुखले आफ्नो कार्यकक्षमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखेका छन् । एक राजनीतिक पार्टीका अध्यक्षको तस्विर मेयरको कार्यकक्षमा राखेको भन्दै सेवाग्राहीले विरोध जनाएका छन् ।

भिमाद नगरपालिकाको प्रमुख दधिराज सुवेदीको कार्यकक्षमा अध्यक्ष ओलीको तस्बिर राखिएको छ । सुवेदीको कार्यकक्षमा राष्ट्रपतिपछि पाटी अध्यक्ष ओलीको र त्यसपछि मात्र प्रधानमन्त्रीको तस्बिर राखेका छन् ।

नगरप्रमुख सुवेदीलाई कार्यकक्षबाट एमाले अध्यक्ष ओलीको तस्बिर तत्काल हटाउन कांग्रेस, माओवादी लगाएतका राजनीतिक दलहरुले आग्रह गरेका छन् ।

सामाजिक सञ्जालहरुमा यो तस्बिर राखेर नगरप्रमुख सुवेदीको व्यापक आलोचना भएको छ । सुवेदी नेकपा एमालेको तर्फबाट उम्मेदवार बनी नगरप्रमुख बनेका हुन्।

कमेन्ट गर्नुहोस्