अन्ततः क्षमाले गरिन आफैसँग बिहे, अब हनिमुनको तयारी (फोटो फिचर)

काठमाडौं । महिलाले आफूले माया गर्ने मानिसलाई बिहे गर्न पाउनुपर्छ भन्ने मान्यता राख्दै भारतकी क्षमा बिन्दुले आफैसँग बिहे गरेकी छिन् ।

केही दिन अघि मात्रै उनले आफूले आफूलाई मात्रै माया गर्ने भएकाले आफैसँग बिहे गर्ने घोषणा गरेकी थिइन ।

क्षमाको घोषणाले भारतमा ठूलो हंगामा मच्चिएको थियो । क्षमाले मन्दिरमा बिहे गर्ने घोषणा गरेपछि स्थानीय प्रशासन र हिन्दुवादी संगठनहरुले त्यसको बिरोध गरेका थिए । हिन्दू धर्ममा यसप्रकारका बिहेको प्रावधान नभएको भन्दै उनीहरुले बिरोध गरेका थिए ।

 

तर गुजरातकी क्षमा बिन्दुले भने प्रतिकात्मक विद्रोह गर्दै आफैसँग बिहे गरेकी हुन । महिलालाई उपभोगको बस्तुमात्रै सोच्ने र परिवारले नै चिन्दै नचिनेको मानिससँग बिहे गर्ने परिपाटीविरुद्ध उनको विद्रोहको कतिपयले स्वागत समेत गरेका छन् ।

घोषित मितिमा बिहे गर्दा प्रशासन र हिन्दुवादी संस्थाहरुको बिरोध सहनुपर्ने भएपछि क्षमा बिन्दुले तीनदिन अघि नै आफैसँग परम्परागत रीति रिवाजसहित बिहे गरेका हुन ।
अचम्म त के छ भने उनको परिवार र आफन्तहिरुले भने उनको निर्णयको सम्मान गर्दै खुसीयाली मनाएका छन् । हातमा मेहन्दी लगाएर बेहुली जस्तै सजिएकी क्षमाले सिन्दुर हाल्ने बेला भने भावुक बनेको देखिन्छ ।

पण्डितले बिहेमा आउन नमानेपनि उनीहरुले मोबाइलबाटै मन्त्रोच्चारण गर्न लगाएर बिहे गरेका थिए । विवाह समारोहमा उनको परिवार र नजिकका साथीभाई सहभागी थिए ।

सेल्फ लभ र सेल्फ मेरिज गर्ने उनी भारतमा पहिलो महिला हुन ।

कमेन्ट गर्नुहोस्