उत्तराखण्डमा फेरी भयंकर दुर्घटना, ५ को मृत्यु

टिहरी । उत्तराखण्डको टिहरी गढवालमा फेरी गाडी दुर्घटना भएको छ ।

टिहरी गढवालको घनसाली घुट्टु मार्गमा एउटा भ्यान भीरबाट खस्दा त्यसमा सवार ५ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते तीनजनालाई अस्पताल लगिएको छ ।

दुर्घटनाको कारण अझैपनि पत्ता लाग्न सकेको छैन । प्रहरी घटनास्थलमा पुगेको छ ।

गत आइतबार मात्रै उत्तरकाशीको यमुनोत्री राजमार्गमा यात्रुवाहक बस भीरमा खसेको थियो । उक्त घटनामा २६ जनाको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्