भन्सार छली नेपाल ल्याउँदै गरेको सामान बरामद

सुनसरी । मोरङको छुट्टाछुट्टै दुई स्थानबाट अवैध रुपमा भन्सार छली गरी नेपाल ल्याउँदै गरेको समान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१२ स्थितबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ९४ हजार मूल्य बराबरको विभिन्न प्रकारका लत्ता कपडाहरू र विराटनगर–६ स्थित केसलिया रोडबाट ना.४ख १६७८ नम्बरको ट्रकमा अन्दाजी मूल्य २३ लाख ७५ हजार मूल्य बराबरको ५०० बोरा मकै अवैध रूपमा भन्सार छली भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा चालकसहित नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका उक्त सामग्रीहरु आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्