सामूहिक बलात्कारका आरोपीलाई जिउँदै जलाए गाउँलेले, १ को मृत्यु, अर्काे गम्भीर घाइते

गुमला । झाखण्डको गुमलामा सामूहिक बलात्कारका आरोपितलाई गाउँलेहरुले जिउँदै आगो लगाएका छन् ।

घटनाका दुई आरोपी चढेको मोटरसाईकल समेत गाउँलेले जलाएका छन् ।

बसुआ पञ्चायतमा रहेको एक गाउँमा भएको घटनामा सुनिल उरावको मृत्यु भएको र आशीष उराव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

स्थानीय जनताको भनाई उदृत गर्दै भास्कर दैनिकले प्रकाशित गरेको समाचार अनुसार, नाबालिक बालिका आफ्ना बुवाआमासँग लोहरदगा गाउँको भण्डारा गएकी थिइन । उनीहरु फर्किने बेला तीनजैना बस स्ट्याण्डमा उभिएको बेला गाउँकै एकजना युवक छिमेकी गाउँको युवकसँग त्यहाँ पुगेको थियो ।

याे पनि पढ्नुस  छोरी बलात्कार आरोपमा बावु पक्राउ

परिचयकै युवाहरु भएपछि सामान्य कुराकानी भएको र युवकहरुले नाबालिक बालिकालाई घर पुर्याइदिने आश्वासन दिएर लगेका थिए । बस आउन समय लाग्ने र घरमा सामान बाहिर नै रहेकोले नाबालिक बालिकालाई छिटो पुर्याइदिने कुरा गरेपछि गाउँकै युवकलाई विश्वास गरेर उनीहरुले पठाएको बताए ।

याे पनि पढ्नुस  बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ

साँझ ७ बजे बुवाआमा घर पुगेको बेला नाबालिक बालिका घरमा नदेखेपछि उनीहरु खोजी गर्दा छिमेकी गाउँमा गम्भीर अवस्थामा उनलाई फेला पारेका थिए ।

बालिकाले आफूसँग तिनै दुईजना युवकले दुष्कर्म गरेको बताएपछि गाउँलेहरु ती युवकको खोजीमा निस्केका थिए । छिमेकी गाउँमा दुबै युवकलाई उनीहरुले भेटेपछि गाउँका महिला र पुरुषहरुले दुबै युवकलाई लिएर बालिकाको गाउँ आएका थिए ।

बालिकाले गाउँलेहरुको उपस्थितिमा सबै घटना बेलिबिस्तार लगाएपछि रिसाएका गाउँलेले दुबैको शरीरमा मट्टितेल खन्याएर आगो लगाएका थिए ।

याे पनि पढ्नुस  सुदूरपश्चिम: डेढ वर्षमा जबरजस्ती करणीका ४३६ घटना, पछिल्लो ७ महिनामा मात्रै १२१ बलात्कार, ७० अपराधी अझै फरार

घटनाको जानकारी पाएपछि प्रहरी त्यहाँ पुगेर दुबै युवकलाई अस्पताल लगेको थियो । यसमध्ये एकजना युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

घटनापछि गाउँमा निकै तनाव चुलिएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । संवेदनशील घटना भन्दै प्रहरीले जानकारी दिन नमानेको भास्करले उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्