नयाँ दिल्ली । भारतका एकजना सांसदले श्रीमतीले यौनसुख नदिएको भन्दै अदालतमा मुद्दा दर्ता गरेका छन् ।
लोकसभा सांसद अनुभव मोहन्तीले आफ्नी श्रीमती प्रियदर्शनीमाथि बिहे गरेको आठ वर्षसम्म पनि यौनसम्बन्ध नराखेको भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका हुन । प्रियदर्शिनी पेशाले उडिसाको चर्चित कलाकार पनि हुन ।
सांसद अनुभवले श्रीमतीमाथि आरोप लगाउँदै सामाजिक सञ्जालमा समेत लेखेका छन् । श्रीमतीले समेत अनुभवमाथि घरेलु हिंसा र विवाहेत्तर सम्बन्ध राखेको भन्दै आरोप लगाएकी छिन् ।
अदालतमा चलेको सुनुवाईपछि न्यायाधिशले वर्षा प्रियदर्शिनीलाई श्रीमानको घर खाली गर्न दुई महिनाको नोटिस जारी गरेको छ । यसका साथै भरणपोषणका लागि मानाचामलवापत प्रतिमहिना ३० हजार रुपैयाँ श्रीमतीलाई दिन समेत अदालतले आदेश दिएको छ ।
श्रीमती वर्षाले भने अन्य महिलासँग सम्बन्ध राखेको भन्दै १५ करोड क्षतिपूर्ति दावी गरेकी छिन् ।
उनीहरु दुबैले सन् २०१४ मा विवाह गरेका थिए । विवाह गरेको केही समयपछि नै उनीहरुबीच झगडा शुरु भएको थियो । सन् २०१६ मा अनुभवले उनको वैवाहिक जीवन सही किसिमले नचलेको भन्दै सार्वजनिक गरेका थिए । वर्षाले शारीरिक सम्बन्ध राख्न नखोजेको उनको आरोप थियो ।