मुग्लिन–आँबुखैरेनी सडकको पहिरोसँगै कार र मोटरसाइकल पनि खस्यो , २ को शव भेटियो

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा पहिरो गएको ठाउँमा २ जनाको शव भेटिएको छ ।शवको सनाखत हुन भने सकेको छैन ।

राति सडक नै टुट्ने गरी पहिरो जाँदा कार र मोटरसाइकल नदीमा खसेको डीएसपी युवराज खड्काले जानकारी दिए ।

पहिरोमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको हो । सडक पहिरोले बगाउँदा बिहानदेखि मुग्लिङ् आँबु खैरेनी सडकमा दुई तर्फी सवारी आवागमन बन्द भएको छ ।

कमेन्ट गर्नुहोस्