एक सन्की व्यक्ति विद्युत हाइटेन्सन पोलमा चडेर लाइनको तारमा हिड्न थालेपछि……

काठमाडौं । बिहान १० बजेदेखि नुवाकोटमा विद्युतको पोलमा एक जना हिँडिरहेका छन्। ती पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी आश्चर्यमा परेका छन्। ककनी गाउँपालिका ७ मा रहेको पोलमा चढेर विद्युतीय तारमा पनि हिँडिरहेका बेलकोटगढी नगरपालिका १३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले उनलाई झर्नको लागि फकाइरहेका छन्। प्रहरीका अनुसार विक सन्की र मानसिक सन्तुलन गुमेका मानिस हुन् । स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनलाई अहिले पोलबाट झार्ने प्रयास भइरहेको छ।

कमेन्ट गर्नुहोस्