बन्दूक राख्न पाउने अधिकारविरुद्ध अमेरिकामा व्यापक प्रदर्शन, राष्ट्रपति समेत समर्थनमा

काठमाडौं । अमेरिकाका स्कूल तथा सार्वजनिक स्थलमा गोलीप्रहारका घटना बढदै गएपछि नीजि बन्दूक राख्न पाउने कानुन परिवर्तनका लागि आन्दोलन सुरु भएको छ।

अमेरिकाका सबैजसो सहरहरुमा लाखौंको संख्यामा मानिसहरु सडकमा ओर्लिएका छन् ।

१८ वर्ष पुगेपछि बन्दुक किन्न पाउने अधिकारसम्बन्धी कानुन संशोधन गर्न उनीहरुले माग गरेका छन् । “म बन्दुक प्रहारबाट बच्न चाहन्छु, के अब हाम्रो पालो हो ? हतियार राख्ने अधिकार मूर्दावाद, अब अति भयो, हाम्रो बालबालिकालाई जोगाऔं” नारा लेखिएका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरू देशैभरी सडकमा उत्रिएका हुन । राष्ट्रपति जो बाइडेनले पनि उनीहरूको प्रदर्शनलाई समर्थन गर्दै बन्दुक राख्ने अधिकार कटौती सम्बन्धि कानून संशोधनको विधेयक पास गर्न सांसदहरूलाई आह्वान समेत गर्नुभएको छ ।

गन सेफ्टी ग्रुपको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरूले अब राजनीतिकर्मीलाई चूपचाप बस्न नदिने भन्दै बालबालिकाहरूले राजनीतिज्ञहरूलाई झम्टिने दिन नआओस भन्ने समेत चेतावनी दिएका छन् ।

कमेन्ट गर्नुहोस्