चुरामणी बन्जाडे , बुटवल। मृगौला तथा मुटु पिडित सरोकार समाज लुम्बिनी प्रदेशको प्रथम साधारण सभा तथा अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
शनिबार बुटवल स्थित बिश्व हिन्दु महासंघको सभा हलमा प्रथम साधारण सभा तथा अधिवेशन रमेश केसी को नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।
कार्यक्रमको उदघाटन गर्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेब क्षत्री घिमिरेले समाजको कार्य प्रगतिमा प्रशंसा गर्दै अगामी बजेटमा प्रत्येक पीडितलाई दुई लाख रुपैया सहयोग उपलब्ध गराउने बताए ।
कार्यक्रममा बिशेष अतिथि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम वरिष्ठ मुटु रोग विशेषज्ञ डा. समीर गौतम अतिथिहरु महिला जेसिसका अध्यक्ष अनुपमा श्रेष्ठ तिलोत्तमा नेवा मौजुका अध्यक्ष मिलन श्रेष्ठ लगायतले अधिबेशन सफलताको शुभकामना मन्तब्य राखेका थिए ।
मृगौला तथा मुटु पिडित सरोकार समाज लुम्बिनी प्रदेशको प्रथम नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्ण मल्ल सचीवमा नारायण बहादुर क्षत्री र कोषध्याक्षमा चुरामणी बन्जाडे रहेका छन। यस्तै कार्यसमिति सदस्यहरुमा रेखा श्रेष्ठ ,शारदा थापा , शिव राज पौडेल, तमिदा शर्मा ,रेख बहादुर गुरुङ ,गोपाल बहादुर सार्की , जिया रेग्मी न्यौपाने रहेका छन ।
मृगौला तथा मुटु पिडित सरोकार समाज लुम्बिनी प्रदेशको संयोजक रमेश केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम संचालन चुरामणी बन्जाडेले गरेका थिए ।