स्याङ्जामा करेन्ट लगाएर माछा मार्ने ४ जना पक्राउ

स्याङ्जा । स्याङ्जाको पुतलीबजारमा करेन्ट लगाएर माछा मारेको आरोपमा ४ जना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१ बस्ने ४४ वर्षीय अर्जुन थापा, ३८ वर्षीय डिल बहादुर गुरुङ, बिरुवा गाउँपालिका–२ का २४ वर्षीय विशाल थापा र सोही ठाउँका २३ वर्षीय युवराज गुरुङ रहेका हुन् । स्याङ्जाको पुतलीबजार नगरपालिका१० राङखोलास्थित प्यारासिङखोलामा ब्याट्रीबाट करेन्ट लगाएर माछा मारिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट १२ भोल्टको ब्याट्री एक थान, मोटर एक थान, मारेको माछा २ केजी र तारसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

कमेन्ट गर्नुहोस्