त्रिभुवन विमानस्थलबाट एक राउण्ड गोलीसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक राउण्ड गोलीसहित एकजना पक्राउ परेका छन्।

विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थानमा ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउण्ड गोलीसहित सर्लाही हरिपुर नगरपालिका–७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो।

बुद्ध एयरको उडानमार्फत काठमाडौंबाट जनकपुर जान लागेकी सिंहले बोकेको झोला ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारेको प्रहरीले जनाएको छ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्