एसपीपी पस्ताव नेपालको सार्वभौमिकतामाथि धावा बोल्ने प्रयत्न : अखिल(क्रान्तिकारी)

काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले विपत व्यबस्थापन तथा उद्दार अभ्यासमा उटाह नेशनल गार्डलाई दिइने पहुँच र नेपाली उच्च भुभागमा गरिने संयुक्त अभ्यास जस्ता प्रस्ताव देशको सार्वभौमिकता र भौगोलिक अखण्डता माथी नै धावा बोल्ने प्रयत्न भएकाे बताएको छ । संगठनका अध्यक्ष पंचा सिंहद्धारा जारी विज्ञप्तिमा एसपीपी अस्विकार नगरेसम्म जागै बस्न र विरोधका कार्यक्रममा सहभागि हुन कार्यकर्र्तालाई आग्रह समेत गरिएको छ ।

भुराजनीतिको सन्तुलन कायम गर्न नसकेकै कारण कतिपय मुलुकहरू युद्धको भुमरीमा परेको भन्दै त्यस्तो खेलबाट नेपाल जोगिनुपर्ने क्रान्तिकारीले जनाएको छ । नेपालले पन्चशिल सिद्धान्तमा आधारित असंलग्न एवं सन्तुलित परराष्ट्र नीतिलाई अबलम्बन गर्नुपर्ने क्रान्तिकारीले जनाएको हाे ।

साथै, अखिल(क्रान्तिकारी)ले नेपाली सेनाको आधुनिकिकरण र ल्याण्ड फोर्सलाई बलियो बनाउने नाममा साइबर सुरक्षा लगाएत क्षेत्रमा गरिने भनेका सहयोग सम्बन्धि प्रस्तावहरु पनि आपतिजनक र हाम्रो राष्ट्रिय सुरक्षा प्रणालीमा पहुँच कायम गर्ने कुत्सित नियतमा आधारित भएको जनाएको छ । ।

अमेरिकाले गरेको एसपीपी प्रस्ताव अमेरिकाको सुरक्षा स्वार्थ पूरा गर्ने र नेपाललाई उसको पक्ष राष्ट्र बनाउने उदेश्यले आएको भन्दै अखिल(क्रान्तिकारी)लेभौगोलिक अखण्डता र स्वाधीनतामा आँच पुर्याउने जनाएको छ । साथै उक्त पस्ताव अस्विकार गर्न नेपाल सरकार समक्ष माग गरेको छ ।

हेर्नुहोस विज्ञप्तिको पूर्णपाठ

आदरणीय जनसमुदाय एवं विद्यार्थी मित्रहरू ,

शितयुद्धको समाप्तिसँगै एकधुविय बनेको विश्वको पदचाप एक्काइसौं सताब्दीको प्रारम्भमै बहुधुबिय बन्नेतर्फ अग्रसर छ । एकातर्फ अमेरिका पहिलो भन्ने ट्रम्पको घोषित सिद्धान्तमा बाइडेन अघोषित रुपमै अग्रसर छन भने अर्कोतर्फ रुस , चीन र भारत जस्ता आर्थिक एवं सामरिक महत्वका केन्द्रहरुले विश्व बहु केन्द्र बनेर अगाडी बढ्ने सन्देश दिन खोजिरहेका छन् । भुराजनीतिको सन्तुलन कायम गर्न नसकेकै कारण कतिपय मुलुकहरू युद्धको भुमरीमा परेको तितो यथार्थलाई पनि नजरअन्दाज गर्न मिल्दैन । यस्तो विश्व एवं क्षेत्रीय परिवेशमा सामरिक महत्वको भुखण्डमा अवस्थित नेपालले एकातिर आफ्नो राष्ट्रिय सुरक्षा र स्वाधीनताको रक्षा गर्दै क्षेत्रीय एवं वैश्विक शान्ति र स्थिरता कायम गर्न विशेष भुमिका निर्वाह गर्न सक्दछ भने अर्कोतर्फ पन्चशिल सिद्धान्तमा आधारित असंलग्न एवं सन्तुलित परराष्ट्र नीतिलाई छाडेर कुनै शक्ति राष्ट्रको पक्ष राष्ट्रतर्फ ढल्कदा बिस्तारै कसैको क्रिडास्थल बन्ने र शक्ति राष्ट्रहरुको युद्ध भुमिमा परिणत हुने खतरा पनि उतिकै छ ।

उपरोक्त विश्व परिवेशमा साम्राज्यवादको नाइके अमेरिकाले नेपाललाई आफ्नो पक्ष राष्ट्र बनाउन विभिन्न प्रपन्चहरु गरिरहेको छ । एमसिसी मार्फत पुरा गर्न खोजेको नेपाललाई आईपिएस ( Indo Pacific Strategy ) मा सहभागी गराउने स्वार्थलाइ व्याख्यात्मक टिप्पणी गर्दै नेपालको सार्वभौम संसदले अस्विकार गरेपछि अमेरिका एसपिपी ( State Partnership Programme ) मार्फत पूरा गर्न खोज्दैछ । अमेरिकाको उटाह नेसनल गार्ड ( संयुक्त राज्य राष्ट्रिय पहरेदार ) र नेपाली सेना बिच SPP सम्झौता गर्न अमेरिकाले नेपाल सरकार समक्ष प्रस्ताव गरेको कुराले सम्पुर्ण नेपालीको ध्यान आकर्षित गरेको छ । प्रस्तावित ६ पृष्ठ लामो प्रस्तावको धारा २,३ , ५ र ९ मा उल्लेखित हाम्रो राष्ट्रिय सुरक्षा र स्वाधीनतालाई कमजोर पार्ने प्रावधानहरुले हामीलाई गम्भीर र आक्रोशित तुल्याएको छ । बिपत व्यबस्थापन तथा उद्दार अभ्यासमा उटाह नेशनल गार्डलाई दिइने पहुँच र उच्च भुभाग भएका क्षेत्रमा गरिने संयुक्त अभ्यास जस्ता प्रस्तावले हाम्रो सार्वभौमिकता र भौगोलिक अखण्डता माथी नै धावा बोल्ने प्रयत्न गरेको छ ।

त्यस्तै नेपाली सेनाको आधुनिकिकरण र ल्याण्ड फोर्सलाई बलियो बनाउने नाममा साइबर सुरक्षा लगाएत क्षेत्रमा गरिने भनेका सहयोग सम्बन्धि प्रस्तावहरु पनि आपतिजनक र हाम्रो राष्ट्रिय सुरक्षा प्रणालीमा पहुँच कायम गर्ने कुत्सित नियतमा आधारित छन् । धारा ९ मा SPP मा कुनै विवाद आएमा अन्तरास्ट्रिय न्यायधिकरणमा जान नपाउने प्रस्तावले हाम्रो स्वतन्त्र परराष्ट्र नीतिलाई नै धुलिसात पार्न खोजेको देखिन्छ ।

अतः अमेरिकाले प्रस्ताव गरेको SPP ले अमेरिकाको सुरक्षा स्वार्थ पूरा गर्ने र नेपाललाई उसको पक्ष राष्ट्र बनाउने दुषित नियतमा आधारित हाम्रो सार्वभौमिकता , राष्ट्रिय सुरक्षा , भौगोलिक अखण्डता र स्वाधीनतामा आँच पुर्याउने भएको हुँदा SPP अस्विकार गर्न नेपाल सरकार समक्ष हाम्रो संगठन जोडदार माग गर्दछ । साथै सम्पूर्ण राष्ट्रप्रेमी जनसमुदाय एवं युवा विद्यार्थी साथीहरुलाई सरकार बाट SPP अस्विकार नहुँदा सम्म जागै बस्न , हाम्रा सांकेतिक बिरोध कार्यक्रम र सचेतना अभियान लाई साथ दिन हार्दिक अपिल गर्दछौं

कमेन्ट गर्नुहोस्